इस्लामाबाद ।
पाकिस्तान र साउदी अरेबियाबीच दुई देशीय सम्बन्धलाई साउदी–पापकिस्तान सुप्रिम कोअर्डिनेस काउन्सिलका माध्यमबाट रणनैतिक दिशामा लैजाने सहमति भएको छ ।
दुई देशीय सम्बन्ध र सहकार्यका लागि साउदी अरेबियाले विकास कोषमार्फत परियोजनाहरुमा ५० करोड अमेरिकी डलर लगानी गर्ने भएको जनाइएको छ । यो परियोजना भने उक्त काउन्सिलअन्तर्गत रहनेछन् । यसले ऊर्जा, जलविद्युत्, पूर्वाधार, यातायात, सञ्चार र जलस्रोत विकाससम्बन्धी परियोजनामा काम गर्नेछ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खान र साउदी राजकुमार मोहम्मद बिन सल्मानको उपस्थितिमा उक्त सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । प्रधानमन्त्री खान अहिले तीन दिने औपचारिक भ्रमणका क्रममा साउदी अरेयिबा पुगेका छन् ।