खोटाङ ।
हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएकी छिन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै नगरपालिकामा हुनसक्ने अप्ठ्यारो परिस्थितिको सामना गर्ने पूर्वतयारी स्वरूप उपमेयर राईले आफूले प्रयोग गर्ने गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएकी हुन् ।
कोरोनाबाट संक्रमित भएकाहरूले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको बा १ झ ६४२४ नम्बरका गाडी बिरामी बोक्नका लागि सोमबार स्वास्थ्य शाखालाई जिम्मा दिएको उपप्रमुख राईले बताएकी छिन् ।