काठमाडौं ।
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड ६३ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफाा पाँच करोड ४३ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा तीन अर्ब ७१ करोड ३४ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ८८ लाख ११ हजार रुपैयाँ रहेको छ । सो अवधिमा संस्थामा शून्य दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब १० करोड ६० लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ६१ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७३ लाख ७५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव १६ प्रतिशत रहेको थियो ।