वेइजिङ ।
अलिबाबा ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी ज्याक मा सोमबार हांग्झोउ क्याम्पसमा देखिएका छन् । अलिबाबाको वार्षिक ‘अलि डे’को अवसरमा उनी कम्पनीको मुख्यालय पुगेको बताइएको छ ।
गत वर्ष अक्टोबरमा सरकारी अधिकारीको सार्वजनिक रुपमै आलोचना गरेपछि उनी विरलै सार्वजनिक भेटघाटमा देखिने गरेका छन् । सोही आलोचनाका कारण अलिबाबालाई चीन सरकारले प्रतिस्पर्धाविरोधी व्यवसाय गरेको भन्दै कीर्तिमानी जरिवाना तिराएको थियो । यसबाहेक ३७ अर्ब डलरको अलिबाबाअन्तर्गतकै कम्पनी एन्ट ग्रुपको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) रोकिएको थियो ।
सोमबार मा अलिबाबाका कार्यकारीहरुसँगै देखिएका थिए । निलो टिसर्ट, सेतो ट्राउजर र चिनियाँ शैलीको जुत्तामा मा हाँसिरहेको अवस्थामा भेटिएको बताइएको छ । उनलाई देखेर कम्पनीका कर्मचारी प्रसन्न देखिएका थिए ।