काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ३६ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा तीन करोड छ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ४९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १७ रुपैयाँ दुई पैसा रहेको छ ।