काठमाडौं ।
लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले टेलि टेक्निसियन सेवा सुरु गरेको छ ।
अमट्रेड प्रालिका सहमहाप्रबन्धक योगराज ढुङ्गानाका अनुसार अहिले नेपाल सरकारद्वारा जारी गरिएको निषेधाज्ञालाई ध्यानमा राखेर ग्राहकहरुलाई बिक्रीपश्चात्को सेवामा सहजता होस् भन्ने उद्देश्यका साथ टेलि टेक्निसियन सेवा सुरु गरिएको हो ।
कम्पनीका अनुसार यो सेवा लिनका लागि नेपालभरका लुमिनसका ग्राहकहरुले निषेधाज्ञाको समयमा आफ्नो इन्भर्टर र ब्याट्रीमा कुनै पनि समस्या आएमा फोन वा ह्वाट्स एपमार्फत आफ्नो समस्याको भिडियो रेकर्ड गरी ९८०२००२५६६ मा पठाई सुझाव तथा परामर्श लिन सकिनेछ ।
ग्राहकहरुले लुमिनस ब्रान्डको इन्भर्टर र ब्याट्री खरिद गरेपछि कम्पनीले वारेन्टी अवधिभर नेपालका विभिन्न जिल्लाहरूमा निःशुल्क होम सर्भिस सेवा पनि प्रदान गर्दै आएको छ ।