काठमाडौं ।
जोन्टा क्लब अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रसूतिगृह)लाई चारवटा अक्सिजन कन्सन्ट्रेटर दान गरेको छ । अक्सिजन कन्सन्ट्रेटरहरु अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरिएको जोन्टाले जनाएको छ ।
कोभिडका केसहरुमा भर्खरको वृद्धिले देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखा परेको छ । यो अवस्था विशेष गरी गर्भवती र भर्खरका आमाहरु कोभिडबाट संक्रमित छन्, उनीहरुको लागि गम्भीर रहेको छ । यही कोभिडको संक्रमणको संख्यामा बढ्दै गएको प्रतिक्रियाअनुरुप जोन्टाले अक्सिजन कन्सन्ट्रेटर दान गरेको हो ।
अप्रिल २०२० मा पहिलो लकडाउनको व्रmममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरणसहित जोन्टाले कोभिडविरुद्ध लडाइँमा लिएको यो धेरैमध्येको एक पहल हो ।