काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लिनिक वन काठमाडौं प्रालिबिच कोभिड १९ प्रि एण्ड पोष्ट सर्भिससम्बन्धी साझेदारी भएको छ ।
हाल विश्वव्यापी महामारीकारूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरले निषेधाज्ञाका अवस्था सिर्जना गरेको र सर्वसाधारणहरूको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले अहिलेको यो विषम परिस्थितिमा सर्वसाधारण व्यक्तिहरूको डाक्टरसम्म सहज पहुँच नपुगिरहेको परिप्रेक्षमा कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरूको लागि स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पु-याउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधाअन्तर्गत क्लिनिक वनसँग कोभिड १९ प्रि एण्ड पोष्ट सर्भिस सम्झौता गरेको व्यहोरा जानकारी गराएको हो ।
उक्त सम्झौताअनुसार कम्पनीसँग सम्बन्ध व्यक्तिहरूले उक्त क्लिनिकबाट पूर्णकालीन आवश्यक सेवाहरू विशेष छुट शुल्कमा भुक्तानी गरी लिनसक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कोभिड केयर सेवामार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, घरमै पीसीआर टेस्ट, विभिन्न खोपको लागि व्यवस्था, रगत परीक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधिको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरू पाइनेछ । यसको लागि कम्पनीले चौबीसै घण्टा सम्पर्क र सेवा लिनको लागि हटलाइन फोनको व्यवस्था गरिएको छ ।
हरेक विषम परिस्थितिलाई अवसरकोरूपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहककेन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रमअन्तर्गत अनलाइनमार्फत बीमा खरिद गर्न सकिने हालै व्यवस्था गरेकोमा सिटिजनकर्मीहरूको कोभिडको अवस्थामा स्वास्थ्य सेवाको लागि सिटिजन केयर कार्यक्रम सञ्चालन गरेको छ ।
कोरोनाको विषम परिस्थितिमा विभिन्न सेवालाई अनलाइनमार्फत सेवा लिन सकिने व्यवस्था गरिएको छ भने बीमा शुल्क विभिन्न विद्युतीय माध्यमहरूमार्फत भुक्तानी गर्न सकिने व्यवस्था विगत वर्षदेखि रहेको कम्पनीले जानकारी दिएको छ ।