काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २६ सय ८४ दशमलव एक बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७९ दशमलव ५० बिन्दुमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय २० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ३८ हजार दुई सय आठ पटकको कारोबारमा छ करोड ७९ लाख ३७ हजार २८ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २८ अर्ब ६१ करोड ६४ लाख ११ हजार सात सय १३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै चार अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ९९ हजार एक सय १८ पटकको कारोबारमा सात करोड ५६ लाख चार हजार आठ सय ९५ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ३३ अर्ब ९६ करोड ९२ लाख ३३ हजार दुई सय २३ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबारकक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा बजार परिसूचक उकालो लागेको थियो । सो मध्ये पहिलो दिन बजार परिसूचक १८ दशमलव ५६ अंकले ओरालो लागेर २६ सय १८ दशमलव ५६ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ बिन्दुले ओरालो लागेर चार सय ७० दशमलव ७३ बिन्दुमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक २७ दशमलव ४१ अंकले उकालो लागेर २६ सय ४५ दशमलव ८४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३५ बिन्दुले उकालो लागेर चार सय ७५ दशमलव १२ बिन्दुमा चढेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक २७ दशमलव ४७ अंकले उकालो लागेर दुुई हजार छ सय ७३ दशमलव ३१ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १२ अंकले उकालो लागेर चार सय ७८ दशमलव २४ बिन्दुमा चढेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक शून्य दशमलव ५६ अंकले उकालो लागेर दुुई हजार छ सय ७३ दशमलव ८८ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १४ अंकले उकालो लागेर चार सय ७८ दशमलव ३८ बिन्दुमा चढेको थियो ।
अन्तिम कारोबार दिन पनि बजार परिसूचक १० दशमलव १३ अंकले उकालो लागेर दुुई हजार छ सय ८४ दशमलव एक बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले उकालो लागेर चार सय ७९ दशमलव ५० बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंकलगायतका कम्पनीहरू परेका छन् ।
सातामा चारवटा संस्थाको सेयर सूचीकृत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यो साता चारवटा संस्थाहरूको सेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार यस साता वाणिज्य बैंक, विकास बैंक र लघुुवित्त समेत गरी चारवटा कम्पनीहरूको बोनस सेयर सूचीकृत भएका हुुन् ।
यसअन्तर्गत सहारा विकास बैंकको २३ प्रतिशतको अनुपातमा एक लाख ६७ हजार आठ सय ८८ दशमलव चार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी गणपती लघुवित्त वित्तीय संस्थाको पनि १५ प्रतिशतको अनुपातमा एक लाख ६६ हजार एक सय १७ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यो साता प्राइम कमर्सियल बैंकको पनि १५ प्रतिशतको अनुपातमा दुुई करोड नौ लाख ७७ हजार आठ सय ७४ दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको १४ दशमलव २५ प्रतिशतको अनुपातमा तीन लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
