ढाका ।
बंगलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको वर्तमान महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लाई मे २३ सम्म विस्तार गरेको छ ।
बंगलादेशको मन्त्रीपरिषद् कार्यालयले आइतबार एक परिपत्र गर्दै पछिल्लो निर्णय घोषणा गरेको हो । दोस्रो लहरको कोभिड–१९ विरूद्ध लड्न बङ्गलादेशले पहिलो पटक अप्रिल १४ देखि अप्रिल २१ सम्म बन्दाबन्दी घोषणा गरेको थियो ।
आठ दिनको बन्दाबन्दीलाई विभिन्न चरण गरी मे १६ अर्थात् आइतबारसम्म विस्तार गरिएको थियो । पछिल्लो परिपत्रअनुसार राजस्व संकलनसम्बन्धी कार्यालय रसंस्थालाई लकडाउनको दायरामा राखिएको छैन । यस अवधिमा होटल र रेष्टुरेन्टहरूले उक्त अवधिमा आफ्ना सेवालाई ग्राहकसम्म पु¥याउन वा अनलाइन सेवाहरू प्रदान गर्न पाउने छन् ।
मार्चदेखि फैलिएको कोभिड–को दोस्रो लहरका कारण संक्रमण दरमा थप वृद्धि देखिएपछि शनिबार रातिदेखि बंगलादेशले सबै माध्यमिक र उच्च माध्यमिक शिक्षा संस्थानहरू बन्द गर्ने निर्णय गरेको छ ।
देशको स्वास्थ्य सेवा महानिर्देशालयका अनुसार कोभिडका कारण पछिल्लो २४ घण्टामा तीन सय ६३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने २५ संक्रमितको मृत्यु भएको छ । यससँगै बंगलादेशमा १२ हजार एक सय ४९ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ भने संक्रमित संख्या सात लाख ८० हजारभन्दा बढी पुगेको छ ।