काठमाडौं ।
प्रभु बैंक लिमिटेडले खुद नाफा ४४ प्रतिशतले बढाएको छ । सोमबार सार्वजनिक गरिएको बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब १० करोड रुपैयाँ मुनाफा कमाएको हो ।
बैंकले गत आर्थिक वर्षको यसै अवधिमा एक अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस वर्ष ४४ दशमलव शून्य आठ प्रतिशतले वृद्धि भएको हो । बैंकको अन्य सूचकहरुमा पनि राम्रै सुधार देखिएको छ ।
प्रभु बैंकको वितरणयोग्य नाफा एक अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी ३५ दशमलव १२ प्रतिशतले बढेर एक खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप २७ दशमलव २२ प्रतिशतले वृद्धि भएर एक खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।