काठमाडौं ।
अपी पावर लिमिटेडले ५६ करोड ७० लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यही जेठ २० गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
अधिकृत पुँजी पाँच अर्ब तथा जारी पुँजी चार अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ९२ करोड ९७ लाख ५६ हजार एक सय ५० रुपैयाँ रहेको छ ।
हकप्रद सेयर जारी गरेपश्चात् भने कम्पनीको चुक्ता पुँजी दुुई अर्ब ४९ करोड ६७ लाख ५६ हजार एक सय ५० रुपैयाँ पुग्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य आगामी असार नौ गते समाप्त हुनेछ ।