काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । कम्पनीका अनुसार उनको नियुक्तिलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृति दिएको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीलाई प्रमुख कार्यकारी नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतिको लागि पठाएको थियो ।
गत पुस पाँच गतेबाट प्रमुुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावधि सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामुु सीईओको जिम्वेवारी दिइएको थियो । बैंगलोरबाट एमबीए गरेका खत्रीको बीमा क्षेत्रमा निकै लामो कार्यअनुभव रहेको छ ।