काठमाडौं ।
नबिल बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइटमार्फत ‘नबिल आई कार्ड’को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । यो नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकहरूले आफैं बैंकको वेबसाइटमा नबिल आई कार्ड सेक्सनमा सेक्सनमा गई एप्लाई नाउ विकल्प छानी नबिल आई कार्ड लागि निवेदन दिई आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्नसक्ने बैंकले जानकारी दिएको छ ।
यो कार्डसम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा ९०१–५९७००१५० सम्पर्क गर्न सक्नेछन् ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरूको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो सुविधा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।