काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर दर्ता किताब बन्द हुुनेभएको छ । कम्पनीको यही जेठ दुई गते बसेको सञ्चालक समितिको बैठकले यही जेठ २८ गते आफ्नो १६औँ वार्षिक साधरणसभा गर्ने निर्णय गरेपश्चात् यही जेठ १४ गते एक दिनको लागि कम्पनीको सेयर दर्ता किताव बन्द हुुनलागेको हो ।
कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट पाँच प्रतिशत अर्थात् पाँच करोड ७० लाख ९० हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसैगरी उक्त सभाले कम्पनीको हाल कायम रहेको जारी तथा चुक्ता पुँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँलाई वृद्धि गरी एक अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पु-याउन प्रस्ताव पारित गर्ने तयारी समेत कम्पनीले गरेको छ ।