काठमाडौं ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड ७६ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा नौ करोड ८९ लाख १० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३२ करोड ४५ हजार रुपैैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमाझ दुई अर्ब चार करोड ३२ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २७ करोड तीन लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ३५ करोड ८० लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड १० लाख ९१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव १४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५१ करोड ५६ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५२ करोड २२ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।