काठमाडौं ।
एनआईसी एसिया बैंकले आकर्षक क्यासब्याकसहितको ‘उत्तरदायी बनौं, मो. बैंक गरौँ’ योजना सार्वजनिक गरेको छ । कोभिड–१९ को दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न अहिले देशका अधिकांश स्थानमा निषेधाज्ञा लागू भइरहेको अवस्थामा नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै सबैले व्यक्तिगत तथा संस्थागत नागरिकका तर्फबाट आ–आफ्नो स्तरमा असाधारण कदम चाल्नुपर्ने आजको टड्कारोलाई विमर्श गर्दै एक संस्थागत उत्तरदायी नागरिकको हेतुले आफ्ना ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौँ, मो. बैंक गरौँ’ योजना सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ अभ्यास गर्दै ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । यस योजनाअनुसार यस बैंकको मोबाइल बैंकिङएप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानीलगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम एक सय रुपैयाँ नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम पाँच सय रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यो योजना २०७८ जेष्ठ दुई गतेदेखि जेष्ठ ३१ सम्म लागू हुनेछ ।
डिजिटल फष्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिकरूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई एनआईसी एसिया मो. बैंक प्लाटफर्ममार्फत अघि बढाइरहेको छ ।
जसअनुसार ग्राहकहरूले एनआईसी एसिया मो. बैंक प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटीएमको स्थान, एनटीसी, एनसेल टपअप, युटिलिटी बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्रयाकिङ आदिजस्ता थुप्रै सुविधाहरू सहजरूपले लिन सक्नेछन् ।
साथै, बैंकले भौतिकरूपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटलरूपमा उपभोग गर्न मिल्ने हिसाबले आई सर्भ प्लाटफर्मको विकास गरी एनआईसी एसिया मो. बैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाइनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।
यो आई सर्भमार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन, पासवर्ड रिसेट), ग्राहकसम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सीआरएन आवेदन र बचत स्कीम परिवर्तन गर्न), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्डसम्बन्धी सेवाहरू (ई–कमर्स दर्ता, कार्ड ब्लक, नयाँ कार्ड आवेदन र इन्स्टा बाई ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।
बैंकको एनआईसी एसिया मो. बैंक एप प्रयोग नगरेका ग्राहकहरूले प्ले स्टोर वा एव स्टोरबाट सो एप डाउनलोड गरी स्वयं दर्ता समेत गर्नसक्ने सुविधा रहेको छ । बैंकले डिजिटल कारोबारमा बढीभन्दा बढी ग्राहक महानुभावहरूलाई सहभागी गराउनका लागि प्रवर्द्धन गर्न बैंकको अनलाइन खाता खोली पहिलो पटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म, पहिलो विद्युतीय महशुल भुक्तानी गर्दा पाँच प्रतिशत वा अधिकतम दुई सय ५० रुपैयाँसम्म आई सर्भमार्फत मोबाइल बैंकिङ दर्ता गरी पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम दुई सय ५० रुपैयाँसम्म नगदफिर्ताको जोजना कार्यान्वयन गरिरहेको छ ।
साथै, प्रत्येक हप्ता सुपर सिक्स योजनाअन्तर्गत ग्राहकहरूले एनआईसी एसिया मो. बैंक एपबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेमा छ प्रतिशतवा अधिकतम पाँच सय रुपैयाँसम्म नगद फिर्ताको योजना समेत उपलब्ध रहेको छ ।
बैंकले हाल मुलुकभर रहेका तीन सय ५२ शाखा कार्यालयहरू, चार सय ७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । २२ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।