काठमाडौं ।
एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले कोभिड केयर लोन उपलब्ध गराउने भएको छ । बैंकका अनुसार विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोगका कारण नागरिककोे स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्ेश्यले १० लाख रुपैयाँसम्मको ईडीबीएल कोभिड केयर लोन किस्ताबन्दीमा तिर्न सकिने सुविधासहित सञ्चालनमा ल्याएको हो ।
संक्रमण फैलन नदिन आवागमन अवरुद्ध भएको तथा बैंकका शाखाहरू नियमित रूपमा सञ्चालन हुन नसकिरहेकोे हालको अवस्थालाई मध्यनजर गर्दै कोभिड केयर कर्जा लिन चाहने ग्राहकहरूले बैंकमार्फत अनलाइन वा ९८०२७–६०६६६ मा मिसकल गरी आवेदन दिन सक्नेछन् ।
कर्जा स्वीकृत वा अस्वीकृत भएको जानकारी ग्राहकलाई १२ घण्टाभित्र उपलब्ध गराई ४८ घण्टाभित्र ग्राहकबाट आवश्यक कागजातहरू लिई प्रक्रिया पूरा गरी उक्त कर्जा प्रदान गरिनेछ । साथै कर्जाको भुक्तानी सम्बन्धित अस्पताल तथा फार्मेसीलाई अनलाइनमार्फत खातामा स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ ।
यो कर्जा सुविधाअन्तर्गत ग्राहकहरूलाई आफ्नो तथा आफ्नो परिवारको कोभिड उपचार खर्चको ९० प्रतिशतसम्म रकम छ महिनाको ग्रेस अवधि समेत गरी अधिकतम पाँच वर्ष अवधिका लागि मासिक समदर किस्तामा तिर्न सकिने गरी वार्षिक नौ प्रतिशत ब्याजदरमा सेवा शुल्क शून्य दशमलव ५० प्रतिशतमात्र लिई गरी प्रदान गरिनेछ । हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरूलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न र जीवन रक्षामा मदत पुग्ने आशा बैंकले गरेको छ ।