काठमाडौं ।
एनएमबी बैंकद्वारा खुला गरिएको ऋणपत्र (डिबेञ्चर)मा चार दिनमै मागभन्दा अत्यधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ दुई गते, आइतबारदेखि बिक्री खुला गरिएकोमा जेठ पाँच गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद सकिएको हो । ऋणपत्र खरीदका लागि छिटोमा जेठ पाँच र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो ।
हालको विषम परिस्थिति र यस महामारीको प्रभावका बाबजुद पनि विश्वास गरेर एनएमबी डिबेञ्चर खरिद गरी सहयोग र सदभाव प्रदान गर्नुभएकोमा सम्पूर्ण सुभेच्छुकहरू, लगानीकर्ता आवेदकहरू, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, नियमनकारी निकायहरू तथा सरोकारवालाहरू सबैप्रति एनएमबी बैंकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
अन्त्यमा, यथास्थानमै सुरक्षित बसी डिजिटल संरचनाहरूको प्रयोग गर्नुहुन, सुरक्षासम्बन्धी नियम पालना गरी आफू र आफ्नो परिवारलाई यस महामारीबाट सुरक्षित हुने उपायहरू अवलम्वन गर्नुहुन समेत बैंकले अनुरोध गरेको छ ।