काठमाडौं ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ९५ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड २६ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ करोड २० लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमाा ४६ करोड ९७ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३९ करोड चार लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड १० लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम शून्य रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३५ करोड ८३ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९३ करोड ७० लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड १२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड १५ लाख ५२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८४ प्रतिशत रहेको थियो ।