काठमाडौं ।
महालक्ष्मी विकास बैंक आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार यो योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकहरूले जेष्ठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट एक सय रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।