काठमाडौं ।
चितवन रत्ननगरस्थित केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितहरूलाई औषधिलगायतका सामग्री सहयोग गरेको छ ।
देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितहरू देशभरि जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने औषधि समेत किन्न समस्या भएका बिरामीहरूलाई लक्षित गरी उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।
त्यस्ता कोभिड प्रभावित बिरामीहरूलाई अस्पताल फार्मेसीबाट नै औषधिलगायतका सामग्री निःशुल्क वितरण गर्ने व्यवस्था मिलाई अस्पताल प्रशासनको माध्यमद्वारा नै उक्त सहयोग प्रदान गरिएको हो ।