काठमाडौं ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बिक्रेता सिप्रदी टेडिङ्गले लकडाउनको समयमा टाटाको सबै कारहरूको निःशुल्क सर्भिस र ओरिजिनल इक्विपमेन्टमा वारेन्टी अवधि एक महिना थप गरेको छ ।
टाटा कार ग्राहकहरुको निःशुल्क सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ भित्र परेको छ भने स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरु अन्तर्गत सवारीको वारेन्टी अवधि ३० जुन २०२१ सम्मका लागि थप गरिएको कम्पनीले जनाएको छ ।
सिप्रदीका टाटा प्यासेन्जर गाडी शाखा प्रबन्धक कुमार भण्डारीका अनुसार अहिले महामारीको रुपमा विश्वभरि फैलिँदै गरेको कोरोना भाइरस (कोभिड १९) को कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन कठिनाइ भएको कारण निःशुल्क सर्भिस र ओरिजिनल इक्विपमेन्टको वारेन्टी अवधि थप गरिएको हो ।