काठमाडौं ।
लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई आठ थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाका ग्रामीण भेगमा सञ्चालित स्वास्थ्य सेवालाई यो सामग्री उपलब्ध गराएको हो ।
कोभिड १९ विरुद्ध लड्नसक्ने वातावरण बनाउन लक्ष्मण बाबु ट्रष्टले यस्तो पहल गरेको हो । ट्रष्टले मनकामना हेल्थ पोष्ट १, घैरुङ अस्थायी कोभिड अस्पताल दुई, बुंगकोट हेल्थ पोष्ट एक, माई मनकामना सहकारी अस्पताल एक, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटन दुई र मुग्लिङ हाइवे अस्पताललाई एक थान उक्त सामग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।