काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ८२ लाख ८७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड ३३ लाख ४१ हजार रूपैयाँ रहेको छ । हाल चुक्ता पुँजी एक अर्ब नौ करोड ५९ लाख ३० हजार रूपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १८ रूपैयाँ चार पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६८ रूपैयाँ ४० पैसा रहेको छ ।