काठमाडौं ।
प्राइम कमर्सियल बैंकले वीर हस्पिटललाई स्वास्थ्य सामग्रीहरू सहयोग गरेको छ । कोभिड१९ विरुद्धको लडाइँमा संस्थाको सहयोगलाई निरन्तरता दिने क्रममा हाल कोभिड१९ का बिरामीहरूलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करिब ३० लाखबराबरको पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रलीलगायतका सामग्रीहरू सहयोग गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार उक्त सामग्रीहरू बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् । यसअघि पनि बैंकले विभिन्न अस्पतालहरूलाई सहयोग गरेको थियो ।
बैंकले सुदूरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमशः ६० थान तथा ४० थान अक्सिजन सिलिन्डर वितरण गरेकोमा बैंकले कोभिड१९ विरुद्धको लडाइँमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जानकारी दिएको छ ।