काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले मंगलम केयर नामक आह्वान सुरु गरेको छ । मंगलम पाइप्सले आफ्ना हरेक देहान्त भएका कर्मचारीहरुका श्रीमान् र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलब उपलब्ध गराउन यो सेवा सुरु गरेको हो ।