काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस् भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो ।
गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोका सम्मै पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालयसम्म पुग्न चाहनेहरूलाई अझ सहज हुनेछ । यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेबसाइटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरू उपलब्ध गराइएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी बैंकले दिएको छ ।