काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिनेभएको छ । यही असार मसान्तसम्म बीमा शुल्कको किस्ता तिर्ने बीमितहरूको हकमा तीन महिनासम्म शतप्रतिशत छुुट, तीन महिनामाथि छ महिनासम्मको ७५ प्रतिशत छुुट र छ महिनाको माथिको हकमा ५० प्रतिशत छुट दिन लागिएको कम्पनीले जानकारी दिएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरूले बीमाशुल्क किस्ता समयमा तिर्नसकेका छैनन् । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू सञ्चालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुननसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए । आम बीमितहरूको यही समस्यालाई विचार गरी राहतस्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुनेगरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको हो । यस्तो छ कम्पनीको छुटसम्बन्धी व्यवस्था बीमालेख व्यतित अवधि विलम्ब शुल्कमा हुने छुट (प्रतिशत) ३ महिनासम्म १०० ३ महिनाभन्दा माथि – ६ महिनासम्म ७५ ६ महिनाभन्दा माथि ५०