काठमाडौं ।
यस साता सेयरबजार परिसूचक २९ सय ४४ दशमलव ७८ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २७ दशमलव ८७ बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार सात लाख ५३ हजार छ सय ३९ पटकको कारोबारमा १७ करोड पाँच लाख ९० हजार छ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ८३ अर्ब ९३ करोड १२ लाख ५० हजार सात सय ६७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १६ अर्ब रुपैयाँले बढी हो ।
गत भने साता धितोपत्र बजारमा दुई सय १९ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार छ लाख ९० हजार सात सय ३० पटकको कारोबारमा १५ करोड छ लाख १२ हजार सात सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार दुई सय ९५ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो दिन बजार परिसूचक परिसूचक उकालो लागेको थियो भने दोस्रो, चौथो र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो ।
सोमध्ये पहिलो दिन बजार परिसूचक ५० दशमलव १३ अंकले उकालो लागेर २९ सय छ दशमलव ८९ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८८ बिन्दुले उकालो लागेर पाँच सय २० दशमलव ९९ बिन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक शून्य दशमलव २१ अंकले ओरालो लागेर २९ सय छ दशमलव ७० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३८ बिन्दुले ओरालो लागेर पाँच सय २० दशमलव ६३ बिन्दुमा झरेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक ५३ दशमलव ४४ अंकले उकालो लागेर दुई हजार नौ सय ६० दशमलव १४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ४७ अंंकले उकालो लागेर पाँच सय २८ दशमलव १० बिन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक १३ दशमलव ५६ अंकले ओरालोे लागेर दुई हजार नौ सय ४६ दशमलव ५८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले ओरालो लागेर पाँच सय २५ दशमलव २८ बिन्दुमा झरेको थियो । यसैगरी अन्तिम कारोबार दिन पनि बजार परिसूचक एक दशमलव आठ अंकले ओरालो लागेर दुई हजार नौ सय ४४ दशमलव ७८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव ५९ अंकले उकालो लागेर पाँच सय २७ दशमलव ८७ बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
नेप्सेका अनुसार यसदिन शिखर इन्स्योरेन्स कम्पनीको २७ दशमलव ७६ प्रतिशतको अनुपातमा ३८ लाख ४० हजार दुई सय दुई कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएका छन् । नौ दशमलव पाँच प्रतिशत एनसीसी बैंक डिबेञ्चर २०८६ पनि नियमित कारोबारको लागि सूचीकृत भएको छ भने सनराजई ब्लुु चीप पनि यसैसाता नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेका अनुसार यस साता लाइफ इन्स्योरेन्स कम्पनी, सीईडीबी हाइड्रोपावर कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था आदिको बोनस तथा साधारण सेयर सूचीकृत भएका छन् ।