काठमाडौं ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिनेभएको छ । कम्पनीका अनुसार कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहकवर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बिमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ सालअसार ३१ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेभएको हो । यसको फाइदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्णरूपमा लिनेछन् भन्ने विश्वास लिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ५८ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड १३ लाख ९२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी चार रुपैयाँ १८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १० रुपैयाँ ८८ पैसा रहेको छ ।