काठमाडौं ।
साताको चौथो कारोवार दिन आज बुधबारको सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दिनहरुको तुलनामा आज सेयर बजार परिसुचक एवं कारोवार रकम दुबैमा नै उच्च अंकले गिरावट आएको हो ।
आज बजार परिसुचक ५२ दसमलव ४१ अंकले ओरालो लागेर दुई हजार नौ सय ६९ दसमलव ६९ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ५६ अंकले ओरालो लागेर पाँच सय ४१ दसमलव ७० अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ६७ हजार नौ सय ३८ पटकको कारोवारमा दुई करोड ८२ लाख ८९ हजार एक सय २८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा यसदिन कुल कारोवार रकम १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार तीन सय १९ रुपैयाँ पुगेको छ ।
आज कारोवार भएका कुल उपसमुहरु मध्ये लघुबित्त उपसमुहको सुचक बढेर बाँकी उपसमुहहरुको उच्च अंकले ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहको सुचकहरु ओरालो लागेका छन् ।