काठमाडौं ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यसअघि कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि जारी गरिएको निषेधाज्ञाका कारण स्थगित भएको वार्षिक साधारणसभा यही असार २३ गते गर्न लागि आह्वान गरेको हो ।
कम्पनीकोे यही असार एक गते बसेको सञ्चालक समितिको ९१औं बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुुका अतिरिक्त अन्य समसामयिक र रणनीतिक विषयका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ८१ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड ८९ लाख ४७ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी सात रुपैयाँ ८० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १७ रुपैयाँ छ पैसा रहेको छ ।