काठमाडौं ।
अघिल्लो दिन उच्च अंकले ओरालो लागेर २९ सय अंकबाट तल झरेको सेयर बजारमा साताको तेस्रो कारोवार दिन मंगलबार भने उछाल आएको छ । आज बजार परिसुचक ७९ दसमलव ४४ अंकले उकालो लागेर २९ सय १३ दसमलव ८४ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १६ दसमलव १९ अंकले उकालो लागेर पाँच सय ३६ दसमलव ३४ अंंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख १२ हजार ५० पटकको कारोवारमा एक करोड ९७ लाख ७० हजार छ सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोवार रकम १० अर्ब २८ करोड ६२ लाख ६९ हजार नौ सय ५७ रुपैयाँ पुगेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिचटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये १३ वटै उपसमुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।