काठमाडौं ।
सेयर बजार परिसुचक अोरालो लागेको छ । अघिल्लो दिन ७९ अंकले उकालो लागेको बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुुधबार ५१ दसमलव ६५ अंकले ओरालो लागेर २८ सय ६२ दसमलव १८ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ३७ अंकले ओरालो लागेर पाँच सय २८ दसमलव ९७ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ९१ हजार ७५ पटकको कारोवारमा एक करोड ९४ लाख १७ हजार पाँच सय ३२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार छ सय ८१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये सबै उपसमुहको सुचक ओरालो लागेर बजार पुरै रातो भएको छ ।