काठमाडौँ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले तीन करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेभएको छ । संस्थाले यही असार १७ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन लाख ८९ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको संस्थाको सेयर बिक्रीकार्य छिटोमा यही असार २१ गते र ढिलोमा यही असार ३१ गते बन्द हुनेछ । संस्थाको जारी पुँजी भने हाल १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ ।
संस्थाले जारी गर्ने कुल साधारण सेयरमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ५८ कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् १९ हजार चार सय ५० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी तीन लाख ६३ हजार चार सय ९२ कित्ता भने सर्वसाधारणको लागि छुट्याएको छ ।