काठमाडौ ।
सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि ओरालो लागेको छ । अघिल्लो दिन ५१ अंकले ओर्लिएको सेयर बजार परिसुचक आज १६ दसमलव ९६ अंकले ओरालो लागेर २८ सय ४३ अंकमा झरेको छ ।
क बर्गका कम्पनीह्रुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसलव १७ अंकले ओरालो लागेर पाँच सय २५ दसमलव ६४ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ७८ हजार नौ सय ८३ पटकको कारोवारमा एक करोड ३२ लाख १० हजार तीन सय ६९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम सात अर्ब तीन करोड ३६ लाख तीन हजार सात सय ४० रुपैयाँ पुुगेको छ ।
आज कारोवार भएका कुुल उपसमुह मध्ये होटल तथा पर्यटन र जलबिद्युत समुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।