क्वालालम्पुर ।
मलेसियाली क्यासिनो सञ्चालक समूह जेन्टिङ ग्रुपले अमेरिकाको क्यासिनो राजधानीस्थित लास भेगास रिसोर्टमा चार अर्ब ३० करोड अमेरिकी डलरको बोली लगाएको छ ।
लास भेगासमा रहेको रिसोर्ट वल्र्ड लास भेगास अत्यन्त महंगो रिसोर्ट हो । गत वर्ष भने कोरोना महामारी रोक्न लगाइएका कडाइ र प्रतिबन्धको कारण त्यहाँ जाने मानिसको संख्या ५० प्रतिशतले घटेको थियो । तर अहिले फेरि पर्यटकहरु जान थालेका छन् । यद्यपि सन् २०१९ को जति अझै पुग्न नसकेको बताइएको छ ।
यो रिसोर्टले ८८ एकड जमिन ओगटेको छ । यसमा तीन हजार पाँच सय होटल रुम र सुइट छन् । त्यस्तै पाँच हजार सिटयुक्त थिएटर र विश्वकै ठूलो एलईडी स्क्रिन यसका टावरमा रहेका छन् । जेन्टिङले अमेरिकी हिल्टन वल्र्डवाइडसँग मिलेर रिसोर्ट किन्न लागेको बताइएको छ ।