काठमाडौं । नेपाल धितोपत्र बोर्डले आरबीबी म्युचुअल फण्ड एकलाई निष्काशनको लागि अनुमति दिएको छ । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड हुनेगरी आरबीबी म्यूचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना आरबीबी म्युचुअल फण्ड एक नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको हो । बोर्डका अनुसार यस योजनाको आकार एक अर्ब र समयावधि सात वर्षको रहनेछ ।