काठमाडौं ।
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नै बजार परिसुचक २७ दसमलव ३८ अंकले उकालो लागेर २८ सय ७० दसमलव ३८ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्जडेक्स पनि तीन दसमलव ७६ अंकले उकालो लागेर पाँच सय २९ दसमलव ४१ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ८२ हजार ५५ पटकको कारोवारमा दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणामा सेयर खरिद बिक्री भएको आधारमा आज कुल कारोवार रकम सात अर्ब १६ करोड ७४ लाख ३२ हजार सात सय २८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहको कारोवार भएका छन् । जसमध्ये आठ वटा उपसमुहको सुचक उकालो लागेका छन् भने पाँच वटा उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युत, ट्रेडिङ, लघुबित्त, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक उकालो लागेका छन् । बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा र होटल तथा पर्यटन उपसमुहको सुचक भने ओरालो लागेको छ।