काठमाडौं ।
सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन २७ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पुन पाँच दसलमव ११ अंकले उकालो लागेर २८ सय ७५ दसमलव ४९ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव १७ अंकले उकालो लागेर पाँच सय ३३ दसमलव ५७ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १९ वटा कम्पनीह्रुको सेयर कारोवार भएका छन् । जसबाट ८१ हजार तीन सय पटकको कारोवारमा एक करोड ९२ लाख ८२ हजार आठ सय १५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम सात अर्ब ७२ करोड ५५ लाख १२ हजार सात सय १६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये छ वटा उपसमुहहरुको सुचक उकालो लागेकाछन भने सात वटाको ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, होटल तथा पर्यटन, लघुबित्त, जीवन बीमा, सामुहिक लगानी कोष र लगानी उपसमुहको सुचकहरु उकालो लागेका छन् भने बिकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, ट्रेडिङ, उत्पादनमुलक र अन्य उपसमुहको सुचकहरु भने ओरालो लागेका छन् ।