काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६८ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब १७ करोड ८६ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९० करोड ६६ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ३० लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको तीन दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ६३ करोड ७४ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७४ करोड ५२ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड २६ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख ९७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५३ प्रतिशत रहेको थियो ।