इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार तालिवानले अफगानिस्तानमा जबरजस्ती सत्ता कब्जा गरेमा पाकिस्तानले सीमाना बन्द गर्ने चेतावनी दिएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यम डनलाई उद्धृत गर्दै अफगानिस्तान टाइम्सले भनेको छ, ‘पाकिस्तानले तालिवानलाई अफगान सरकारसँग वार्तामा संलग्न हुन दबाब दिन सबै प्रयास गर्नेछ ।