काठमाडौं । चाइनिज अटोमोबाइल कम्पनी फोटोनले पछिल्लो छ महिनामा आफ्नो बिक्री ३६.८ प्रतिशतले वृद्धि भएको जनाएको छ । कम्पनीका अनुसार जनवरीदेखि मेको अवधिमा फोटोन ग्लोबलले आफ्नो तीन लाख ५० हजार गाडी बेचेको छ । फोटोन विगत १३ वर्षदेखि चाइनाको नम्बर १ कमर्सियल भेहिकल उत्पादक कम्पनी हो ।
हाल फोटोनका १५ वटा विभिन्न देशमा रहेको फ्याक्ट्रीबाट ७९ देशहरुमा बिक्री वितरण भइरहेको छ । विश्वभर फोटोनका दुई हजार भेरियन्टका एक करोडभन्दा बढी कमर्सियल भेहिकलहरु बिक्री भइसकेका छन् । नेपालमा पनि एमएडब्लु ग्रुप र वृद्धि ग्रुपबीचको जोयन्ट भेन्चरमा फोटोनका गाडीहरु बिक्रीवितरण भइरहेका छन् । हाल नेपाली बजारमा फोटोनको टुनल्याण्ड पिकअप र लग्जरी माइक्रो भ्यानको उपस्थिति भइसकेको छ ।