काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिव बोधलाल पुरीलाई मातृशोक परेको छ । कम्पनीका अनुसार पुरीकी ममतामयी माता सितादेवी पुरीको २०७८ असार १२ गते दिउँसो १ बजेर ७ मिनेटमा उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको थियो । दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्नसक्ने शक्ति भगवान् श्री पशुपतिनाथले प्रदान गर्नुहोस् भन्ने कामना समेत कम्पनीले गरेको छ ।