काठमाडौं । राधी जलविद्युुत् कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले साताको तेस्रो कारोबार दिन मंगलबार ३६ दशमलव पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य आठ सय २१ रुपैयाँ तोकेको हो ।
पछिल्लो पटक प्रतिकित्ता एक हजार एक २० रुपैैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने सात अर्ब २३ करोड ९७ लाख ३१ हजार पाँच सय २० रुपैयाँ पुुगेको छ । नेप्सेमा भने कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंंकित मूल्य कायम रहेको ६४ करोड ६४ लाख चार हजार छ सय रुपैयाँबराबरको ६४ लाख ६४ हजार ४६ कित्ता सेयर सूचीकृत रहेको छ ।