सोल । दक्षिण कोरियाली बैंकहरूको ‘लेन्डङ’ दरमा गत महिनाभन्दा कमी भएको केन्द्रीय बैंकद्वारा जारी एक तथ्याड्ढमा देखिएको छ । घरपरिवारलाई वार्षिक नयाँ बैंक ऋणको भार दर औसतमा मे महिनामा २.८९ प्रतिशतमा झरेको छ । यो जुन अघिल्लो महिनाको तुलनामा ०.०२ प्रतिशत अंकले घटेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ ।
सिन्ह्वाका अनुसार रियल स्टेट ऋण दर ०.०४ प्रतिशत विन्दुले घटेर २.६९ प्रतिशतमा पुगेको छ भने क्रेडिट ऋण दर ०.०४ प्रतिशत विन्दुले बढेर ३.६९ प्रतिशतमा पुगेको छ । यो तथ्यांक गत वर्षको मेदेखि ब्याजदरमा अपरिवर्तित कम–नीति दरको कारण कायम भएको बैंकले जनाएको छ । कम्पनीहरूलाई नयाँ बैंक ऋणको भारित औसत दर मेमा ०.०१ प्रतिशत अंकले बढेको हो ।