इस्लामावाद ।
विश्व बैंकको कार्यकारी निर्देशकहरुको बोर्डले पाकिस्तानलाई दुईवटा कार्यक्रमका लागि ८० करोड अमेरिकी डलर लगानी स्वीकृत गरेको छ ।
विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पाकिस्तान प्रोग्राम फर एफोर्डेबल एन्ड क्लिन इनर्जी (पेस) र द सेकन्ड सेक्युरिङ ह्युमन इन्भेष्टमेन्ट टु फोस्टर ट्रान्सफरमेसन (शिफ्ट २) कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम स्वीकृत गरिएको हो । यसमध्ये ४० करोड डलर स्वच्छ ऊर्जामा लगानी हुनेछ ।
साथै ऊर्जा क्षेत्रमा यसले महत्वपूर्ण परिवर्तन ल्याउने बताइएको छ । त्यस्तै अर्को ४० करोड डलर संघीय संरचनालाई सेवा प्रवाहमा सघाउन खर्च गरिने जनाइएको छ ।