हङकङ । हङकङले बेलायतबाट आउने सबै उडान बन्द गरेको छ । कोरोनाको डेल्टा भेरिएन्ट फैलिनसक्ने भन्दै हङकङले उडान बन्द गरिदिएको बीबीसीले जनाएको छ । हङकङले बेलायतलाई कोरोनाको उच्च जोखिमयुक्त देशको सूचीमा राखेको छ । यो प्रतिबन्ध जुलाई १ देखि लागू हुनेछ । यसले बेलायतबाट हङकङमा कुनै यात्रुवाहक विमान आउन पाउनेछैनन् ।
पछिल्लो समय चीनसँग पश्चिमेली राष्ट्रको विवाद बढिरहेका बेला यो प्रतिबन्धको घोषणा गरिएको हो । योसँगै बेलायतमा दुई घण्टाभन्दा बढी बस्नेहरुले हङकङ आउन समेत पाउनेछैनन् । यता पछिल्ला केही दिनमा बेलायतमा कोरोना संक्रमण दर फेरि बढ्नथालेको छ । पुष्टि भएकामा डेल्टा भेरिएन्ट छन् । गत हप्ता हङकङमा पनि यो भेरिएन्टको पहिलो पुष्टि भएको थियो ।