काठमाडौं ।
विकास बैंकहरुले कुल चुक्ता पुँजी ३२ अर्ब आठ करोड ३० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सञ्चालनमा रहेका क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंकहरुले उक्त चुक्ता पुँजी कायम गरेका हुन् ।
विकास बैंकहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजी मुक्तिनाथ विकास बैंकको देखिएको छ भने सबै कम चुक्ता पुँजी नारायणी डेभलपमेन्ट बैंकको देखिएको छ । चालू आवको वैशाख मसान्तसम्ममा मुक्तिनाथले चार अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरिसक्दा नारायणी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी भने १३ करोड १२ लाख ४५ हजार रुपैयाँ कायम रहेको छ ।
यसैगरी ज्योति विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा गरिमा विकास बैंकले भने यस अवधिमा तीन अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि चालू आवको पछिल्लो अवधिमा तीन अर्ब ४० करोड ८६ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यस अवधिमा महालक्ष्मी विकास बैंकले भने तीन अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी कायम रहेको छ ।
चालू आवको पछिल्लो अवधिमा लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले भने क्रमशः दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार, दुई अर्ब ६५ करोड १९ लाख ६३ हजार, दुई अर्ब ६० करोड ६६ लाख ४० हजार र ८१ करोड १२ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
यसैगरी सहारा विकास बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्ता पुँजी भने क्रमशः २७ करोड २२ लाख ७० हजार, ५५ करोड ७४ लाख ५६ हजार, ५१ करोड ९० लाख, ७९ करोड ७३ लाख ७६ हजार र ४१ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कर्णाली डेभलपमेन्ट बैंकले भने १३ करोड १२ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
